आइतबार सुदूरपश्चिममा  थप  १०२ जनामा संक्रमण पुष्टि
2020/11/08, 9:23
 
corona

सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ४ सय ५३ जनाको परीक्षण गर्दा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बैतडी, र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ४ सय ५३ जनाको परीक्षण गर्दा थप १ सय २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ६७ जनाको परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ३३ जनामा संक्रमण देखिएको जानकारी दिए । 

उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ र ७ का ६/६ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ३, ८ र १३ का २/२ जना, यस्तै वडा नम्बर १, १४ र १८ का १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीकै टीकापुर नगरपालिकाका १२ जना, भजनी नगरपालिकाका २ जना, जोशीपुर गाउँपालिका, बर्दगोरीया गाउँपालिका र घोडाघोडी नगरपालिकाका १/१ जनामा संक्रमण देखिएको छ । ठेगाना नखुलेका कैलालीका १२ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १२ जना, पुर्नवास नगरपालिकाका ४ जना, बेदकोट नगरपालिकाका ३ जना, कृष्णपुर नगरपालिकाका २ जना, त्यसैगरी बेलौरी नगरपालिका, शुक्लाफाटा नगरपालिका, लालझाडी गाउँपालिकाका र ठेगाना नखुलेका १/१ जनामा पनि कोरोना देखिएको छ ।  त्यस्तै बाजुराका २ जना, डडेल्धुरा र डोटीका १र१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा ६३ जनाको परीक्षण गर्दा ५ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ८ जनाको परीक्षण गर्दा २ जना र अछामको कमलबजार नगरपालिकामा १५ जनाको परीक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले जानकारी दिए । 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ४ सय ६७ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार ४ सय ४१ जनाले कोरोना जितेका छन्  भने ४० जनाको मृत्यु भएको छ ।