
यस वर्ष भाईटीका मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर २ गते भाईटीकाको दोस्रो दिन पनि सार्वजनिक बिदा हुने भएको हाे। नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको हो ।

यस बर्ष नेवार समुदायले मंसिर १ गते सोमबार नेपाल संवत् नयाँ वर्ष (न्हुदँ) कै पहिलो दिन पारेर म्हपूजा र मंसिर २ गते मङ्गलबार भाइपूजा गर्दै छन्। नेवा: समुदायका अभियन्ताहरुको माग अनुसार मन्त्रिपरिषदको निर्णयले उक्त दिन बिदा दिने निर्णय गरेको जनाईएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/19, 2:40
2021/05/02, 11:16