राजा फाल्नेहरु नै ‘राजा आउ देश बचाउ’ भन्दै प्रदर्शनमा (भिडियो सहित)
राजा आउ देश बचाउ
2020/11/20, 1:50
 
raja pradarsan

राजा फालेर संघीय गणतन्त्र स्थापन गर्न २०६२÷०६३ जनआन्दोलन गर्ने प्रमुख राजनितिक पार्टीका कार्यक्रर्ताहरु अहिले ‘राजा आउ, देश बचाउ’ भन्दै प्रदर्शन गर्न थालेका छन् ।  देशका प्रमुख राजनितिक पार्टीभित्र आन्तरिक विवाद र सत्ताको खिचातानी चलिरहेको बेला राजा फाल्न आन्दोलनका सहभागी भएका कार्यकर्ताहरुनै राजतन्त्र स्थापनको माग गर्दै प्रदर्शन गर्न थालेका छन् ।

1
बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा हिन्दु राष्ट्र पुर्नस्थापना तथा राजतन्त्र स्थापनको माग गर्दै सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजले कैलालीमा आयोजना गरेको बृहत मोटरसाईकल ¥यालीमा अधिकाशं कम्युनिष्ट र कांग्रेसका कार्यकर्ताहरु पनि सहभागी रहेका थिए । कार्यक्रमको आयोजना राप्रपा निकटकाहरुको संस्थाले गरेको भएपनि वर्तमान राजनितिक घटनाक्रमका कारण सत्तापक्ष र प्रतिपक्ष दलका कार्यक्रर्ताहरु पनि प्रदर्शनमा सहभागी भएका हुन् । 

1
‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै गरिएको बृहत प्रदर्शनमा युवाहरुले बृहत मोटरसाईकल ¥याली निकालेका हुन । धनगढीबाट निष्केकोे ¥याली अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोण सभामा परिणत भएको थियो । हिन्दु राष्ट्र पुर्नस्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित बृहत प्रदर्शन गरिएको आयोजकले बताएको छ ।

1

अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध प्रदर्शन गरिएको समाजका संयोजक रवीन्द्र कार्कीले बताए ।

1
धनगढीदेखि अत्तरियासम्म गरिएको प्रदर्शनमा एक सय भन्दा बढी चार पांग्रे सवारी साधन सहित तीन हजार मोटरसाईकलको सहभागी भएका थिए । प्रर्दशनमा हिजो राजा फाल्ने प्रमुख राजनितिक पार्टीका कायकर्ताहरुको सहभागीताले राजनितिप्रतिको वितृष्णा बढ्दै गएको र युवाहरुको राजनिति प्रति रुचि घट्दै गएको राजनितिक विश्लेषकहरुको भनाई छ ।
 

1