कैलालीका दुई पत्रकारले आर्थिक चलखेल गरी ठगी गरेका घटनाहरु बहिरिएका छन् । नाईस टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हिमेश विक र नाईस टेलिभिजनमै आबद्ध गोविन्द विसीले कैलालीका विभिन्न व्यक्तीलाई डर देखाएर आर्थिक बार्गेनिङ गरेको खुलेको छ । उनीहरुले समाचार प्रकाशन गरिदिने भन्दै धम्काउने, पैसा नभएको चेक दिने, उधारो खाएर भाग्ने, विभिन्न बहाना बनाएर ठगी गर्ने जस्ता घटना बाहिरिएका हुन् ।
लामो समय आर्थिक दैनिकमा कार्यरत पत्रकार विक यस्तै ‘बार्गेनिङ’का घटना बहिरिएपछि निष्कासन भएका थिए । यतिबेला आर्थिक ‘बार्गेनिङ’ र ठगी गरेका घटना एकपछि अर्को गर्दै बाहिरिएपछि पत्रकारिता जगतमा दाग लागेको छ । पत्रकारकाले गरेका ‘बार्गेनिङ’ र ठगीका घटना बाहिरिनु राज्यको चौथो अंग लज्जित बनेको धनगढीका पत्रकारहरु बताउँछन् ।
हिमेश विक र गोविन्द बिसीले कैलालीको गौरीगंगा नगरपालिका–१ स्थित श्रीवास्तव मेडिकल हलका सञ्चालकबाट एक लाख असुल्न पटक पटक धम्की दिएको अडियो बाहिरिएको छ । उनीहरुले मेडिकल सञ्चालक कमलेश ससेनाकी श्रीमती लीला सुनारलाई डराई धम्काई २५ हजार असुली गरी र थप ७५ दिनुपर्ने भन्दै टेलिफोनमा धम्काएपछि उक्त घटना बाहिरिएको हो । उनीहरुले सुरुमा दुई लाख रुपैयाँमा ‘बार्गेनिङ’ गरेका र पछि एक लाख दिनुपर्ने भन्दै धम्की दिएका सञ्चालक कमलेश सक्सेनाले बताए । उनले भने, ‘श्रीमती लीला सुनारबाट तपाईलाई आवश्यक समस्या परे सहयोग गर्ने भन्दै रकम असुल गरे, थप पैसा माग्न अझै पटक पटक टर्चर गरिरहेका छन् ।’
हिमेश विक स्वयमले नेपाली काग्रेंस कैलालीका जिल्ला कार्य समिति सदस्य लक्ष्मी देवकोटासँग कुरा गर्दै यस विषयमा आफुले भेटेर कुरा गर्ने बताएका छन् । देवकोटासँग नै गोविन्द विसीले गरेको कुराकानीमा यो सबै काम विकले नै गरेको र आफुलाई कुनै थाहा नभएको बताएका छन् । विसीले मेडिकल सञ्चालक कमलेश सक्सेनासँगको कुराकानीमा कार्यालयको आर्थिक हिसाब किताब मिलाउनु पर्ने भएकोले बाँकी ७५ हजार रकम दिन ‘बार्गेनिङ’ गरेका छन् । यससँग सम्बन्धित अडियोहरु खबरकुञ्ज मिडिया युट्युब च्यानल र खबरकुञ्ज फेशबुकमा सुन्न सकिन्छ ।