१६ महिने बालकको घाँटीमा ढुङ्गा अड्किदा............
2020/11/25, 9:08
 
ghati adkida

घाँटीमा ढुङ्गा अड्किदा कञ्चनपुरमा १६ महिने बालक गम्भीर भएका छन्।  वेदकोट नगरपालिका वडा नम्बर ९ सुन्दरपुर बस्ने भुप्रेन्द्र भट्टका १६ महिने छोरा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बालकले घरको आगनमै खेल्ने क्रममा मुखमा हालेको ढुङ्गा घाँटीमा अड्किदा भट्टका छोरा गम्भीर बनेको बताए।  महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।

उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै बालकको श्वासप्रश्वासमा समस्या देखिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए।