अपडेटः युवतीसँग बुढीतोला भेटिएका कैलालीका डिएसपी छानबिनका लागि जिल्ला झिकाईए 
2020/11/25, 1:10
 
dsp chaudhary

युवतीसँग बुढितोलामा युवती सहित भेटिएका डिएसपी छानबिनका लागि जिल्ला झिकाईएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी भरतराज चौधरीलाई छानबिनका लागि जिल्ला झिकाईएको हो ।

डिउटीको समयमा सम्पर्क बिहीन भएका चौधरी ८ घण्टापछि फेला परेका थिए । बुढीतोलाको एक होटलमा बुधबार बिहान युवती सहित भेटिएका चौधरी मंलगबार साँझ सात बजेदेखि डिउटीबाटै सम्पर्क बिहीन भएका थिए ।

डिउटी चेक गर्दा फेला नपरे जिल्लामा तानेको पुष्टि गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले चौधरीलाई जिल्लामा छानबिन भई रहेको जानकारी दिए । ईप्रका मालाखेतीमा तत्कालका लागि ईन्सपेक्टरलाई जिम्मेवारी दिईएको छ ।


आखिर के हो घटना ? 
ईलाका प्रहरी कार्यालय मालाखेतीका ईन्चार्ज प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी बुढीतोलको होटेलबाट युवती सहित भेटिएको  खुलेको छ । मंगलबार रातिदेखि सम्पर्क विहीन भएका उनी बुढीतोलाको एक होटेलको कोठामा युवती सहित भेटिएको स्रोतले जनाएको छ । एकाएक सम्पर्क विहीन भए । राती ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठुलो संख्यामा प्रहरी परिचालन गरियो । कैलाली प्रहरीमा हलचल मच्चियो भने प्रहरी अधिकृतहरु तनाबमा परे ।

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राती नै टोली खटाईएको र प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो । सो टोलीले प्रहरी नायव उपरीक्षक चौधरीलाई आज बिहान बुढीतोलाको एक होटलमा युवतीसँग फेला पारेको थियो । स्रोतका अनुसार उनी ‘केटी’ सहित एक होटलमा भेटिए पनि युवती सहित रहेको कुरा भने प्रहरीले लुकाएको छ ।  ‘केटी लिएर बुढीतोला जानु भएको रहेछ, डिस्टर्ब हुन्छ होला भनेर फोन अफ गर्नु भयो होला । यता सम्पर्क विहीन भएपछि खोजी हुन थाल्यो ।’ स्रोतले भन्यो । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहंले नायव उपरीक्षक चौधरी आज बिहान आफै सम्पर्कमा आएको बताए । युवतीसँग भेटिएको कुरामा सत्यता नभएको र थप अनुसन्धान भईरहेको उनले बताए । प्रहरी वरिष्ठ उपरीक्षक सिहंल भने–‘सम्पर्कविहीन भएपछि खोजी गरेका हौं । उहाँ नेटवर्क नभएको ठाउँमा जानुभएको रहेछ, सम्पर्कमा आइसक्नु भएको छ ।’

उनका अनुसार चौधरीले सूचना संकलन गर्न गएको भनेपनि उनीसँग अन्य प्रहरी अधिकृत भने गएका थिएनन् । चौधरीलाई अहिले जिल्ला प्रहरीका कार्यालय कैलालीमा राखिएको छ ।