सुदूरपश्चिमका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि
2020/11/25, 3:32
 
corona

सुदूरपश्चिमका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार तीन सय १३ जनाको परीक्षण गर्दा थप ३५ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीको धनगढी उपमहानगरपालिकाका ७ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का २ जना, त्यस्तै वडा नम्बर २, ३, ५, ८ र वडा नखुलेका १र१ जनामा संक्रमण देखिएको छ । कैलालीकै टीकापुर नगरपालिकाका ८ जना, गोदावरी नगरपालिकाका ४ जना, त्यस्तै घोडाघोडी नगरपालिका र कैलाली गाउँपालिकाका १र१ जनामा समेत कोराना पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना, बेदकोट नगरपालिकाका ४ जना, पुनर्वास नगरपालिकाका २ जना, बेलडाँडी गाउँपालिकामा एक र बझाङको सुर्मा गाउँपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।