बैतडीमा एक तोला सुन दिने सर्तमा मिलापत्र गरिएको घटना ८ महिनापछि बाहिरियो
2020/11/25, 3:53

बैतडीको सिगास गाउँपालिका–३ ठुलैसनमा गाउँमै मिलाएको बलात्कारको घटना बाहिर आएको छ । पीडित किशोरीका आफन्तलाई एक तोला सुन दिने प्रलोभन देखाई घटना गाउँमै लुकाएको थियो ।

गत बैशाखमा गाउँकै दिपक धामीले १७ बर्षीय किशोरीलाई जबरजस्ती करणी गरेर थिए । सो घटना गाउँका भद्रभलादमी बसेर एक तोला सुन दिने सहमतिमा मिलाएको थियो । उनले किशोरीलाई करणी गरेर गर्व बसेपछि गाउँमा घटना बाहिरिएको र गाउँका भद्रभलादमी बसेर गाउँमै एक तोला सुन दिने सहमतिमै मिलाएको पिडित किशोरीले बयान दिएकी छन् ।
सो घटना गाउँमै मिलाएपछि आफुमाथि बलात्कार गर्ने युवकले पटक पटक कुटपिट र गाली बेज्जती गर्ने गरेको पिडित किशोरीले बयान दिएकी छन् । ति युवकले यातना दिन थालेपछि उजुरी दिन बैतडीको पाटन पुगेको बताईन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/10/03, 2:14
2020/09/22, 4:17