नेता र शिक्षकहरुले गराएका थिए जघन्य अपराधलाई मिलापत्र 
सुन नपाएपछि बाहिरिएको बलात्कार 
2020/11/25, 7:27
 
rape

बैतडीको सिगास गाउँपालिका–३ ठुलैसनमा एक तोला सुन दिने भन्दै गाउँमै मिलाएको बलात्कारको घटना आठ महिनापछि बाहिरिएको छ । पिडित किशोरीका आफन्तलाई एक तोला सुन दिने प्रलोभन देखाई घटना गाउँमै लुकाईयो । गत वैशाखमा गाउँकै दिपक धामी नाम गरेका युवकले १८ बर्षीय किशोरीलाई जर्वजस्ती करणी गरेर थिए । सो घटना गाउँका भद्र भलादमी बसेर एक तोला सुन दिने सहमतिमा मिलाईएको थियो ।

को हुन मिलापत्र गराउने ?
आर्थिक चलखेल मा मिलापत्र गराउनेमा सिगास गाउँपालिका रोजगार संयोजक राजेन्द्र सिंह धामी, भुवन भाष्कर माविका शिक्षक मनोज सिंह धामी, स्थानीय तहको चुनावमा वडाध्यक्षको उम्मेदवारमा पराजित भएका अमर सिंह धामी र गाजरी शिक्षा क्याम्पसका शिक्षक नरेन्द्र सिंह धामी रहेका छन् । उनीहरुकको नाम मिलापत्र गरिएको कागजमा उल्लेख गरिएको छ । सरकारले बलात्कार सम्बन्धी अपराधका घटना कानूनी प्रक्रियामा जान नदिई मिलापत्र गराउने व्यक्तीलाई समेत कैद र जरिवाना हुने गरी तीन वटा कानुन संशोधन गर्न अध्यादेश ल्याएको छ ।
 
कात्तिक ३० भित्र दिईने भनिएको थियो एक तोला सुन
बलात्कार गर्ने युवकका आफन्त मनोज धामी, अमर धामी र गाउँलेले १ तोला सुन दिने भन्दै गाँउमै मिलापत्र गराएका थिए । तर पिडित परिवारले भनिएको समयमा सुन पाएन् । पिडित किशोरी उजुरीका लागि जिल्ला सदरमुकाम पुगिन् । तर अहिले पिडक पक्षले पीडित परिवारका सदस्यहरुलाई ज्यान मार्ने धम्की दिईरहेका छन् ।’ 

बलात्कार गर्नेलाई भारत पठाएको आरोप
अहिले बलात्कारका आरोपित दीपक भारत गएका छन । आफुलाई बलात्कार गरेको र गाँउमै कुरा मिलाएर बलात्कार गर्ने दीपक धामीलाई गाउँलेहरु मिलेर भारत पठाएको किशोरीको भनाई छ । मनोज सिंह धामी र अमर सिंह धामीले कात्तिक ३० गतेभित्रै १ तोला सुन दिने भनेर मिलाएको र अहिले पटक पटक गाली गलौज गर्ने गरेको किशोरीले बताएकी छिन ।

पहिले किशोरीको घरबाट मिलोमतोमा कागजमा उल्लेख गरिए अनुसार सून माग्दा उल्टै गाली गर्ने गरेको किशोरीका आफन्तले बताएका छन । किशोरीका दाईलाई समेत पटक पटक मार्ने प्रयास गर्ने गरेको उनको आरोप छ । पीडित पक्षको आर्थिक हैसियत अति कमजोर रहेको तर पिडक पक्षको पहुँच र हैसियत बलियो रहेकोले पनि बलात्कृत किशोरी पक्षले थप यातना भोग्दै आएका छन् ।