कैलालीमा युवती सहित भेटिएका डिएसपीको घटना छानविनका लागि एसपी नेतृत्वको समिति बन्यो
चार सदस्यीय समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन म्यान्डेट
2020/11/25, 11:10

कैलालीको बुढीतोलाको एक होटलमा युवतीसँग समातिएका ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी भरतराज चौधरीको घटना छानबिन गर्न समिति गठन भएको छ । छानविनका लागि प्रहरी उपरीक्षक (एसपी) दिलिप सिंह देउवाको नेतृत्वमा चार सदस्यीय समिति बनाईएको छ ।

चौधरीको ईञ्चार्जको जिम्मेवारी पनि खोसिएको छ । हाल जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएका उनले भने आफू सूचना संकलनका लागि त्यस क्षेत्रमा गएको र नेटवर्क नआउने ठाउँमा भएकाले गलत बुझिएको दाबी गरेका छन् ।
उनको दाबीमा सत्यता छ छैन ? उनी किन त्यस क्षेत्रमा पुगेका थिए ? भन्ने विषयमा ५ दिनभित्र रिपोर्ट बुझाउन समितिलाई म्यान्डेट दिइएको छ । समितिले बुझाउने प्रतिवेदनका आधारमा चौधरीमाथि थप कारबाही हुनेछ । उनी मालाखेतीमा गएको दुई महिना मात्र भएको थियो ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/27, 2:49
2020/08/24, 9:32
2021/02/07, 11:02
2022/08/21, 4:21