
कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर थापाले बताए ।

बिहिबार बिहान चन्द सुकासालमा रहेको होटल बेष्ट साइनको पश्चिमपट्टी मृत अवस्थामा फेला परेका हुन । मृतक चन्द बुधवार बेलुका घरबाट औषधी लिनका लागि बजार जान्छु भनेर हिनेको उनका भाई सुरेन्द्र चन्दले बताए ।
राती अबेर सम्म पनी घर नआएपछि मृतक चन्दको खोजीका लागि प्रहरीलाई खबर गरिएको जनाइएको छ । मृत अवस्थामा फेला परेका चन्दको घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/10/03, 2:14
2020/09/22, 4:17