सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बैतडीमा युवतीमाथि बलात्कार गर्ने र घटना मिलापत्र गराउनेलाई कारबाहीको दायरामा ल्याइने दाबी गरेको छ । गत जेठमा बैतडीको सिगास गाउँपालिकामा १८ वर्षीया युवतीमाथि बलात्कार भएको घटनालाई गाउँमै मिलापत्र गरिएको विषय बाहिरिएपछि प्रहरीले घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने प्रहरीको दावी छ ।
बलात्कार जस्तो घटनालाई झैंझगडा भन्दै गाउँमा मिलापत्र गराएको कागज पीडितहरुसँग रहेको छ । मिलापत्रमा बलात्कार आरोपी दिपक र उनको औंठा छापसँगै हस्ताक्षर छ । उनलाई एक तोला सुन कार्तिक ३० गतेभित्र दिने भनिएको थियो । सो सुन दिनुको सट्टा पीडक पक्षले डर धम्की दिन थालेपछि घटना बाहिर आएको हो ।
मिलापत्रको साँक्षीमा सिगास गाउँपालिकाका रोजगार संयोजक राजेन्द्र सिंह धामीले हस्ताक्षर गरेका छन् । त्यस्तै मिलापत्रमा साँक्षी बस्ने नरेन्द्रसिंह धामी गाँजरी शिक्षा क्याम्पसमा अध्यापन गर्ने व्यक्ती रहेको पीडितले बताएकी छन् । साँक्षी रहेका अर्का स्थानीय ब्यक्ती गोपाल सिंह धामी छन् ।
बलात्कारजस्तो जघन्य उपराधमा पीडक मात्रै होइन मिलापत्र गराउनेहरु सजायको भागिदार हुन्छन् । यो घटनामा गाउँकै जान्ने सुन्ने र प्रहरीको समेत संलग्नता देखिएको छ । पीडितहरु न्यानका लागि जिल्ला सदरमुकाम आएकाले यो घटनामा प्रहरीको आगाडी कदम कस्तो हुनेछ ? त्यो भने हेर्न बाँकी रहेका बेला प्रहरको कारवाही प्रतिक्षाको विषय बनेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बलात्कारमा संलग्न व्यक्ति र घटना गाउँमै मिलापत्र गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउँने बताए ।
गत जेठ २३ मा सिगास गाउँपालिकाको वडा नम्बर ३ का दिपकसिह धामीले आफुमाथि बलात्कार गरेको ती युवतीले आरोप लगाएकी छिन् । तर गाउँका अगुवाले युवतीमाथि भएको बलात्कारको घटना एक तोला सुन दिने भन्दै गाउँमै मिलापत्र गरेका थिए । पीडक दिपकसिह धामीलाई गाउँलेले भारत भगाइसकेको किशोरीको भनाई छ ।