सेतीमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टी
2020/11/27, 2:20
 
corona

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ९ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा १९० जनाको परीक्षण गर्दा थप ९ जनामा कोराना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा उपमहानगरपालिकाको वडा नम्बर ४ का १ जना, वडा नम्बर १२ का ३ जनामा संक्रमण देखिएको जानकारी दिए । त्यस्तै कैलालीको लम्की चुहाका २ जनामा कैलालीको स्थानीय तह नखुलेका एक जनामा पनि संक्रमण पुष्टी  भएको पुष्टी भएको छ ।

कञ्चनपुरको शुक्लाफाँटाका एक र डडेल्धुराको अजयमेरुका एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।