टप केयरद्धारा फिजियोथेरापी सेवा सुरु 
2020/11/30, 9:58
 
topcare

टप केयर पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टर प्रालीले फिजियोथेरापी सेवा सुचारु गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका १४ डिपोबजारमा बिगत ५ महिनादेखि संचालनमा रहेको प्रालीले थप सेवा अन्तरगत सोमबारदेखि फिजियोथेरापी सेवा सुचारु गरेको हो । बिगतमा २४ सै घन्टा एमबिबिएस डाक्टर सहित बिशेषज्ञ सेवा दिदै आएको प्रालीले थप सेवा बिस्तार गर्ने क्रममा थेरापी सेवा पनि सुरु गरेको हो ।

हाडजोर्नी तथा मंसपेशी लगाएतका बिरामीहरुको उपयुक्त उपचार पद्धती भएकोले सो सेवा बिस्तार गरिएको प्रालीका संचालक तथा हेल्थ असिस्टेन्ट महेन्द्र बिक्रम साउदले बताए । थेरापी पद्धती मार्फत उपचार गर्न कुनै साईडईफेक्ट नहुने भएकोले अन्य बिधि भन्दा यो बिधि बिरामीका लागि उपयुक्त हुने पोलिक्लिनिक प्रालीका पोजियोथेरापिष्ट डाक्टर नबिन ढुङ्गानाले बताए ।

प्रालीले उपमहानगरपलिकाको बिशेष गरि ग्रामिण बस्ती र कैलारी गाउँपालिकाका जनतालाई मध्यनजरगरि बिशेषज्ञ उपचार गरिरहेको संचालक हरिश बोहराले बताए । एक्सरे भिडियो एक्सरे ल्याब सहित २४ सै घन्टा बिरामीहरुलाई सेवा दिइरहेको संचालक बोहराले बताए ।