सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा चार सयको परीक्षण गर्दा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७१ जनाको परीक्षण गर्दा थप १ सय ७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ६६ जनाको नमूना परीक्षण गर्दा ६९ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा १६१ जनाको नमूना परीक्षण गर्दा २४ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा १२६ जनाको नमूना परीक्षण गर्दा १२ जना र जिल्ला अस्पताल बझाङमा १८ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप १८ जनामा संक्रमण देखिएको जानकारी दिए। कैलालीकै टीकापुर नगरपालिकाका ८ जना, कैलारी गाउँपालिकाका ७ जना र गोदावरी नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ जना, शुक्लाफाँटा नगरपालिकाका १० जना, यस्तै बेदकोट नगरपालिका र बेलौरी नगरपालिकाका ३/३ जनामा पनि समेत संक्रमण पुष्टि भएको छ। त्यसैगरी डोटीका २ जना, यस्तै बझाङ, बैतडी र दार्चुलाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ५६ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार ९ सय ६१ जनाले कोरोना जितेका छन् भने ६२ जनाको मृत्यु भएको छ।