
नेविसंघ कैलालीले बिरोध प्रर्दशन गरेको छ । बिरोध कार्यक्रम अन्र्तगत नेविसंघ कैलालीले आज धनगढीमा मोटरसाईकल र्याली सहित सिट्ठी फुकेको छ ।

तनुहँ घट्ना र सरकारका अन्य दमनको प्रतिवाद गर्न नेबिसंघ केन्द्रको निर्देशन बमोजिम देशव्यापी बिरोध प्रर्दशन अन्र्तगत धनगढी लगायत सुदूरपश्चिमका सबै जिल्लामा मोटरसाईकल र्याली सहित सिट्ठी फुक्ने कार्यक्रम भएको नेबिसंघ कैलालीले जनाएको छ ।
कोरोना महामारीको बेला सरकारले देखाएको उदासीनता, बढ्दो भ्रष्टाचार, महंगी, लोकतन्त्र माथिको ठाडो हस्तक्षेप लगायत सरकारका गलत प्रवृत्तिको भण्डाफोर गर्न बिरोध प्रर्दशन गरिएको नेबिसंघ कैलालीका अध्यक्ष भेष बमले जानकारी दिए।

बिरोध कार्यक्रमको कोण सभामा नेपाली कांग्रेसका जिल्ला सदस्य केशव मिश्र, नेवि संघ कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी नेता मनिष कुँवरले सम्बोधन गरेका थिए ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35
2020/10/22, 5:13
2022/11/06, 1:44