धनगढीमा गगन थापाको गर्जन: ‘राष्ट्रपति आँखा नच्मकाई बक्स्योस, हिम्मत छ भने काठमाण्डौमा चुनाव लड्न आइस्योस
2020/12/14, 3:22
 
Gagan thapa

नेपाली काँग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन थापाले राष्ट्रपति बिद्यादेवी भण्डारीले आफूलाई महारानी सम्झिन थालेको भन्दै चर्को आलोचना गरेका छन् ।

नेकपा सरकारको सर्वससत्तावादको बिरोधमा नेपाली काँग्रेसद्धारा धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले भने, राष्ट्रपति आँखा नच्मकाई बक्स्योस, हात लम्काईस्योस, हिम्मत छ भने काठमाण्डौमा चुनाव लड्न आइस्योस ।

उनले राष्ट्रपति भण्डारीले राष्ट्रपतिको मर्यादा र गरिमा कायम राख्न नसकेको आरोप लगाए ।

उनले सम्मानित भएर बस्नु पर्ने राष्ट्रपति भण्डारीले नेकपाको नेताका रुपमा आफूलाई प्रस्तुत गरिरहेको भन्दै आलोचना गरे ।