नेपाली काँग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन थापाले सुदुरपश्चिमका मुख्यमन्त्रीले लेखराज भट्ट र भिम रावलका सेनिटाइजर बाड्ने बाहेक कुनै काम गर्न नसकेको बताए । लाचार र निरिह मुख्यमन्त्रीका कारण सुदूर पश्चिमका जनताले दुःख पाएको नेता थापाले आरोप लगाए ।
नेपाली काँग्रेसद्धारा नेकपा सरकारको सर्वससत्तावादको बिरोधमा धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले मुख्यमन्त्रीको लाचारी र निरिहताका कारण सुदूर पश्चिमका जनताको परिवतर्नन र विकासको अपेक्षा पुरा नभएको बताए ।मुख्यमन्त्रीजी क्षमा गर्नुहोला तपाई जस्तो निरह र लाचार मुख्यमन्त्रीका कारण सुदूर पश्चिमका जनताले दुःख पाए, थापाले भने, सुदूरपश्चिममा लेखराज भट्ट र भीम रावलको पहलमा सेनिटाईजर बाडियो भनेर समाचार आउछ । प्रदेश सरकारले के गर्यो ?
यो प्रदेशको मुख्यमन्त्रीले संघियताको भारी बोक्न सकेनन, उनले भने, त्यसको भारी संघियतालाई नबोकाउ, प्रधानमन्त्री र नेकपालाई बोकाउ ।