सुदूरपश्चिम प्रदेशमा थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ८४ जनाको परीक्षण गर्दा थप ७० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ९७ जनाको नमुना परीक्षण गर्दा ५३ जना, कमल बजार नगरपालिकाको प्रयोगशालामा १ सय २८ जनाको नमुना परीक्षण गर्दा ११ जना, जिल्ला अस्पताल बझाङमा ४१ जनाको नमुना परीक्षण गर्दा ४ जना र डडेलधुरा अस्पताल प्रयोगशालामा १८ जनाको परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको छ । आज धनगढी उप–महानगरपालिकाका थप ४१ जनामा सङ्क्रमण देखिएको छ ।
गोदावरी नगरपालिकाका २ जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका २ जना, त्यसै गरी शुक्लाफाँटा नगरपालिका र बेलडाडी गाउँपालिकाका १÷१ जनामा समेत सङ्क्रमण पुष्टि भएको छ। उता बझाङ र बाजुराका १÷१ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।
यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ४ सय ४८ पुगेको छ । १० हजार २० जना निको भइसकेका छन् ।