मनकारी वडाध्यक्ष ‘आफ्नै खर्चमा निर्मलाको पढाईको जिम्मा लिए’
2020/12/15, 1:48
 
guddu

कैलालीको गोदावरी नगरपालिका १०का वडा अध्यक्ष रविन्द्र शाही गुड्डुले आफ्नै खर्चमा विद्यार्थीलाई विद्यालय भर्ना गरिदिएका छन् । बुवाको निधन पछि आर्थिक समस्यामा भई विद्यालय भर्न हुन नसक्ने भएपछि वडा अध्यक्ष शाहीले आफ्नो खर्चमा गोदावरी नगरपालिका १० भागेश्वरकी निर्मला कोलीलाई विद्यालय भर्ना गरिदिएका हुन् ।

निर्मलालाई वडा अध्यक्ष शाहीले बिद्यालय भर्ना गरी ११ र १२ कक्षा सम्म पुरै अध्यापन गराउने र शैक्षिक सामग्री सहितको पुरै जिम्मा लिएको वडाध्यक्षले  जानकारी दिए । निर्मलालाई वडा अध्यक्ष शाहीले मालाखेती स्थीत ग्वाँसी माविमा भर्ना गराएका छन् ।