
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ९३ स्वाब नमूना परीक्षण गर्दा १५ महिला र २९ पुरुष गरी ४४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज धनगढी उपमहानगरपालिकाका सबैभन्दा बढी १६, लम्किचुहा नगरपालिकाका ४, गोदावरी नगरपालिकाका २, गारीगगाा नगरपालिका र कैलाली गाउपालिकाका १/१ जना र स्थानिय तह नखुलेका ५ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दीए ।
यस्तै कन्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरापालिका र बेलौरी नगरपालिकाका ४/४ जनामा संक्रमित पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46