शैक्षिक क्षेत्र सुधारका लागि सामुदायिक विद्यालय व्यवस्थापन समिति बिस्तार
2020/12/15, 9:22
 
education

सामुदायिक बिद्यालय व्यवस्थापन समिती महासंघ नेपालले सुदुरपश्चिम प्रदेशका ३ वटा जिल्लामा जिल्ला स्तरीय समिती गठन गरेको छ । सामुदायिक बिद्यालय व्यवस्थापन समिती महासंघ नेपाल सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा प्रदेशका ३ वटा जिल्लामा जिल्ला स्तरीय समिती गठन गरेको हो।

गुणस्तरीय शिक्षाको लागि बिद्यालयमा सुशासन जिम्मेवार र सक्षम बिद्यालय व्यवस्थापन भन्ने मुल नाराका साथ २०७० सालमा स्थापना भएको सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघले केन्द्र, प्रदेश, जिल्ला र स्थानिय तह गरि ४ वटै तहहरुमा समिती गठन गरिरहेको प्रदेश महासंघका अध्यक्ष प्रेम भाटले बताए ।

महासंघले अभिभावकहरु लाई सचेत गराउदै बिद्यालयप्रती उत्तरदायी जिम्मेवार र जवाफदेही बनाउन र शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक बिद्यार्थि र अभिभावक बिच सुमधुर सम्बन्ध कायम गराउइ जनचेतनामुलक तथा अभिभावकहरुको क्षमता वृद्धि गर्ने खालका क्रियाकलाप संचालन गरिने जनाएको छ ।

महासंघका महासंघका अध्यक्ष प्रेम भाटले भने “सुदुरपश्चिम् प्रदेश समितिको आयोजना एवं केन्द्रिय उपाध्यक्ष हर्क बहादुर धानुकको उपस्थितिमा बाजुरा अछाम र डोटि जिल्ला स्तरीय समिती गठन गरिएको छ । समिती गठनकै क्रममा मंसिर २८ गते बाजुरा जिल्लामा गणेश साउदको अध्यक्षता १५ सदस्यीय समिति, मंसिर २९ गते अछाम जिल्लामा शिव बहादुर कुवँरको अध्यक्षतामा १३ सदस्यीय समिति र मंसिर ३० गतेका दिन डोटि जिल्लामा धर्म बहादुर साउदको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरेको बताए” ।

समितिले आ-आफ्नो जिल्लामा रहेका पालिका स्तरीय समितिहरु गठन गर्ने,अभिभावकहरुलाइ संगठनिक रुपमा एकढिक्का बनाएर अगाडि बढाउने र शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्षलाई समेटेर लैजाने महासंघका केन्द्रिय उपाध्यक्ष हर्क बहादुर धानुकले बताए । महासंघले बिद्यालयहरुका समस्या पहिचान गरि आर्थिक भौतिक विकास संङ्गसंङ्गै शैक्षिक गुणस्तरमा जोड दिने र शिक्षा ऐन नियमावली को सतप्रतिसत कार्यान्वयन गर्ने गराउनमा जोड दिइने कुरा बताएको छ।