सुदूरपश्चिम प्रदेशका थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ९३ स्वाब नमूना परीक्षण गर्दा १५ महिला र २९ पुरुष गरी ४४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज धनगढी उपमहानगरपालिकाका सबैभन्दा बढी १६, लम्किचुहा नगरपालिकाका ४, गोदावरी नगरपालिकाका २, गारीगगाा नगरपालिका र कैलाली गाउपालिकाका १/१ जना र स्थानिय तह नखुलेका ५ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दीए । यस्तै कन्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरापालिका र बेलौरी नगरपालिकाका ४र४ जनामा संक्रमित पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
बैतडी अस्पतालको प्रयोगशालामा ४जना, अछामको कमलबजार प्रयोगशालामा ४ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ३ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार ५ सय ३ पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार ९३ जना डिस्चार्ज भएका छन ।