कञ्चनपुरकी २६ वर्षीया  कोरोनाका संक्रमित महिलाको  मृत्यु 
2020/12/16, 10:31
 
corona

कञ्चनपुरकी  २६ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। 

शुक्लाफाँटा १० कञ्चनपुरकी ती महिलाको कोहलपुर मेडिकल कलेजमा राति सवा १ बजे मृत्यु भएको हो। 

उनलाई मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।