बिभेद र असमानताका खाडल हटाउन सरकारले काम गरिरहेको छ—मुख्यमन्त्री भट्ट
2020/12/17, 1:46
 
cm

मुख्यमन्त्री त्रिलोचन भट्टले बिगतमा पछाडि परेका र पारिएका समुदाय, बर्ग, जाती र भूगोलको विकास नै प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।  राष्ट्र संघीय विकास कार्यक्रम(युएनडीपी) ले तयार गरेको मानव विकास प्रतिबेदन २०२० को सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले समाजमा बिद्यमान, गरीवी, असमानता र अभावको खाडल पुर्न सरकार लागी परेको बताए ।

बिगतमा पछाडि परेका बिगतमा पछाडि परेका र पारिएका समुदाय, बर्ग, जाती र भूगोलको विकासका लागि बितरण प्रणालीमा परिवर्तन गर्न आवश्यक छ । जहाँ विकास छ, त्यहाँ बजेट र विकास बितरण गर्ने पुरानो परिपार्टी हटाउनु हाम्रो दायित्व हो, मुख्यमन्त्री भट्टले भने, हामी हिजोको एकात्मक र केन्द्रिकृत शासन व्यवस्थाले निर्माण गरेका बिभेद र असमानताका खाडलहरु हटाउन प्रतिबद्ध छौ ।

मुख्यमन्त्री भट्टले जनताका प्राथमिकता नै सरकारका प्राथमिकता भएको बताए ।  कसैले विकास पहिले भन्छन्, कसैले सामाजिक बिभेदको अन्त्य पहिले हुनुपर्छ भन्छन । कसैको प्राथमिकतामा धारा, सडक र स्वास्थ्य चौकी छ, मुख्यमन्त्री भट्टले प्रदेश सरकार जनभावना अनुसार काम गर्न प्रतिबद्ध छ । जनताको प्राथमिकता नै सरकारको प्राथमिकता हुन् ।

उनले बिकसित मुलुकले आफ्नो विकासका लागि दोहन गरेको प्राकृतिक सम्पदा र उसको विकासका क्रममा भएको वातावरणीय क्षतिको क्षतिपूर्ति ती मुलुकहरुले दिनु पर्ने बताए ।  मुख्यमन्त्री भट्टले मानव विकास प्रतिबेदनले औल्याएका कुराहरु प्रदेश सरकारका लागि मार्ग निर्देशन भएको र त्यसैलाई आधार बनाएर प्रदेश सरकार अघि बढ्ने बताए ।  सुदूर पश्चिम प्रदेश सरकारका प्रमुख सचिव रामकृष्ण सुवेदीले मानव विकास प्रतिबेदनले औल्याएका कुराहरु सरकारका लागि मार्ग निर्देशन भएको बताए ।

मानव विकास प्रतिबेदनले हामीलाई विकाससंगै पृथ्वीलाई कसरी जोगाउने भन्ने माग निर्देशन गरेको छ, प्रमुख सचिव सुवेदीले भने,यद्दपि हामी प्रतिबेदनमा देखिएको नेपालको अवस्थालाई देखेर मात्तिन र आत्तिन हुदैन । सार्क मुलुकमा हाम्रो अवस्था त्यति धेरै कमजोर छैन । यद्दपि सुधारका लागि गर्नुपर्ने प्रयत्न धेरै छन् ।  युएनडीपी नेपालका कार्यक्रम व्यवस्थापन विश्लेषक बलराम पौडेलले मानव विकास प्रतिबेदनले औल्याएका विषयमा प्रस्तुतीकरण गरेका थिए ।  पौडेलले मानव विकास प्रतिबेदन २०२० ले नेपाल विश्वका १८९ राष्ट्रमध्ये मानव विकास सूचकममा १४२ औ स्थानमा देखाएको र नर्वे पहिलो नम्बरमा रहेको बताए ।

सुदूर पश्चिम विश्व विद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युएनडीपी धनगढी कार्यालयकी प्रमुख बैजयन्ती गिरी सिंहले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुका साथै स्वागत मन्तव्य व्यक्त गरेकी थिईन । कार्यक्रममा भीमदत्त नगरपालिका कञ्चनपुरका प्रमुख सुरेन्द्र बिष्टले नगरपालिकाको स्वास्थ्य अवस्थाका सम्बन्धमा जानकारी दिए ।  सामाजिक विकास मन्त्रालयका सचिव रघु बिष्टले सुदूर पश्चिममा शिक्षा क्षेत्रको समग्र अवस्था, कोभिडले शिक्षामा पारेको असरका बारेमा जानकारी दिए ।

यसैगरी वल्र्ड नेपालमा बैंकको विकास संयोजनक सम्बन्धि हेर्ने राष्ट्रिय अधिकृत अंकुर थापाले नेपालको समग्र आर्थिक विकास सम्बन्धि प्रस्तुतीकरण गरेकी थिईन । युएसएड/साझेदारीका डेपुटी चिफ अफ पाटी राकेश कर्णले सरकार र वातारण शिर्षकमा प्रस्तुतीकरण गरेका थिए ।  यसैगरी दलित महिला अधिकार मञ्चकी अध्यक्ष साबित्रा घिमिरले सुदूरपश्चिमका सामाजिक सवाल, बिभेद, असमानता तथा लैंगिक हिंसाको अवस्थाका बारेमा जानकारी दिईन ।

वेवनार मार्फत गरिएको मानव विकास प्रतिबेदनको सार्वजनिकिरण कार्यक्रममा सुदूर पश्चिम प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, सुदूर पश्चिम प्रदेश सभाका सदस्यहरु, सुदूर पश्चिम प्रदेशका सात वटा मन्त्रालयका सचिव तथा उच्च पदस्थ कर्मचारीहरु, बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, आमा समूह,युवा नेटवर्कका प्रतिनिधिका साथै प्राध्यापक र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

बुधवार सात वटै प्रदेशमा मानव विकास प्रतिबेदन सार्वजनिकिरण कार्यक्रम आयोजना गरिएको थियो ।  सोही क्रममा सुदूर पश्चिममा आयोजित मानव विकास प्रतिबेदन सार्वजनिकिरण कार्यक्रममा मुख्यमन्त्री भट्टले मानव विकास प्रतिबेदन २०२० को बेबनार मार्फत सार्वजनिक गरेका थिए ।