दोधारा चाँदनी नगरपालिका क्षेत्र एक हप्तासम्मका लागि बन्द
2020/12/17, 7:43
 
corona

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्र एक हप्तासम्मका लागि बन्द गरिएको छ ।  जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी सहित समुदाय स्तरमा कोभिड १९ संक्रमण फैलिएपछि बिहीबार आकस्मिक बैठक बसी पुस ३ गतेदेखि एक हप्तासम्मका लागि दोधारा चाँदनी नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो ।

यस अवधिमा नगरपालिका र वडा कार्यालयहरूमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने, सबै शिक्षण संस्था पूर्णरूपमा बन्द गर्ने, बैंक तथा वित्तीय संघसंस्था र व्यापारिक पसलहरू बिहान १० देखि दिउँसो १ बजेसम्म मात्र स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन गर्न सकिने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीले बताए । 

अत्यावश्यक कामकाज बाहेक घरबाहिर ननिस्कन नगरपालिकाले सार्वजनिक अपिल गरेको छ ।