
सुदूरपश्चिममा चिसो बढेको छ । सुदूर पहाडका ७ जिल्लाका उच्च हिमाली तथा पहाडमा चिसो बढेको हावापानी फिल्ड कार्यालय अत्तरियाले जनाएको छ । आज बिहान डडेल्धुराको न्यूनतम तापक्रम ३ दशमलव ९७ डिग्री सेल्सीयस मापन गरेको छ । अन्य पहाडी जिल्लामा समेत थप चिसो बढ्न थालेको छ ।

प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि चिसो बढेको छ । शीतलहर र हुस्सु लाग्न थालेसँगै चिसो बढेको हो । हावापानी फिल्ड कार्यालय अत्तरियाका अनुसार आज बिहान धनगढीको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबारको तापक्रम भने शुक्रबारको भन्दा झण्डै शून्य दशमलव ५ डिग्री सेल्सीयस कम हो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46