घुम्ने होइन त खप्तड ? धनगढी–खप्तड 'हेलिटुर' सुरु हुने
2020/12/21, 3:00
 
khaptad


धनगढी– खप्तड हेलिटुर प्याकेज सुरु हुने भएको छ । आन्तरिक पर्यटनलाई टेवा पुगोस् भन्ने उदेश्यले सो टुर प्याकेज सुरु हुन लागेको हो । एडभेन्चर वेस्ट होलीडेज प्रालीले आगामी  पौष १५ गतेदेखि सो प्याकेज संचालन गर्न लागेको हो । धनगढीबाट खप्तड  सम्म २ दिन माउन्टेन फ्लाईटबाट यात्रा गर्न सकिने एडभेन्चर वेस्ट होलीडेज प्रालीका संचालक योगेन्द्र बमले बताए ।

उक्त दुई दिनको प्याकेजमा प्रति व्यक्ति ४० हजार खर्च लाग्नेछ । खाना, नास्ता र आवाससहित ४० हजार लाग्ने बमले बताए । धर्तीको स्वर्गका रुपमा हेरिएको पर्यटकिय क्षेत्र खप्तडको भ्रमणबाट आनन्द लिन सकिने संचालक बममे बताए । सो ट्राभल कम्पनीले समिट एयरसंगको सहकार्यमा हेलीटुर प्याकेज संचालन गरि आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुगाउँदै आएको छ ।

यसअघि पनि कम्पनीले रारा टुर प्याकेज संचालन गरेको थियो । समिट एयरले धनगढीबाट डोटी, आछाम, बझाङ, बाजुरा र बैतडी नियमित उडान संचालन गरिरहेको  छ ।  धनगढी– खप्तड हेलिटुरका लागि ९८५८४२६२६१ मा सम्पर्क गर्न सकिने छ ।