
प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्न धनगढी पुगेका छन् । पार्टी विभाजनपछि प्रधानमन्त्री ओली पहिलो पटक उपत्यकाबाहिरको जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् । स्थानीय प्रशासनको निर्देशन अनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना ओलीको सुरक्षाका लागि खटिएका छन् ।

नेपाल प्रहरीले सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोशाकमा समेत टोली खटाएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शम्शेर जबराले जानकारी दिए । सशस्त्र प्रहरीले समेत प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा योजनालाई थप कडा पारेको छ ।

फोटो : सुरेश पन्त
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/08/16, 5:37
2022/05/30, 11:43
2023/08/13, 10:59