सेतीमा ६० नमूना परिक्षण गर्दा तीन जनामा कोरोना पुष्टि
2021/01/13, 3:34
corona

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६० नमूना परिक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार तीन जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा धनगढी उपमहानगरपालिकाका तीन जना रहेका छन् ।