बाजुरामा कोरोनाले मृत्यु भएकी बालिका र संक्रमित उनकी आमासँगै क्वारेन्टाईनमा थिए १७१ जना 
2020/05/31, 2:42
 
bajura

बाजुरामा कोरोनाले मृत्यु भएकी बालिका र संक्रमित उनकी आमा वसेको क्वारेन्टाईनमा १७१ जना रहेको पाईएको छ । आज बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएकी बालिकाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ भने उनकी आमामा पनि संक्रमण पुष्टि भएको छ ।

बुढीगंगा नगरपालिकाले वडा नम्बर १ धुरालसैन माविको क्वारेन्टाईनमा मृतक बालिका उनकी आमा सहित १७१ जनालाई सँगै राखिएको बुढीगंगा नगरपालिकाका मेयर  दिपक विक्रम शाहले जानकारी दिए । बालिकाको मृत्यु र आमा संक्रमण भएप्छि अव दुवै जनाको सम्पर्कमा आएकाहरुको पनि खोजी सुरु हुने नगरपालिकाले जनाएको छ । 
बुढीगंगा १ घर भएकी २ बर्षीय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो ।

उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएकोमा कोरोना पोजेटिभ देखाएको सुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ । मृतक बालिकाकी २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिर्पोट भने नेगेटिभ आएको छ । मृतक वालिका आमा र बुवाको जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाईएको थियो ।

बुढीगंगा नगरपालिका १ धुरालसैनमा माविको आईसोलेसनमा अवस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा रहेको जेठ १५ गते साँझ राखिएको थियो । २ बर्षकी बालिकामा पखाला, ज्वरो, श्वास प्रश्वास समस्याबाट ग्रसित रहेकी थिईन । उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएर बुढिगंगा नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । बालिका बिरामी भएपछि बिहीवार साँझ सदरमुकाम मार्तडीमा रहेको आईसोलेसनमा ल्याईएको थियो । आज विहान उनको त्यही मृत्यु भएको हो ।