डडेल्धुरामा शव वहान नहुँदा समस्या
2021/01/19, 10:52
 
saba

डडेल्धुरामा शव वहानका नहुँदा नागरिकलाई समस्या भएको छ ।  सुदूरपश्चिमको सात पहाडि जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा जिल्लामा सात स्थानिय तह रहेका छन् ।  पाँच गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरामा सातै स्थानिय तहले एम्बुलेन्स सुचारु गरिसकेको छ,  तर डडेल्धुरा कुनै पनि स्थानीय तहले भने शव बहान खरिद गरेको छैन । शव वहान नभएपछी यहाँका नागरिकहरुले समस्या भोग्नु परेको छ  । 

उसो त डडेल्धुरामा सुदूर पहाडकै संघ सरकार मातहतको डडेल्धुरा अस्पताल (साविकको उप क्षेत्रिय अस्पताल )  पनि रहेको छ । डडेल्धुरा अस्पतालले आफ्नो सेवा सुविधा भने विस्तार गरेको पाईन्छ तर शव वहान भने सुचारु गर्न सकेको छैन । यस बिषयमा डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझा  भन्छन्  हामीले डडेल्धुरामा रहेका सातै स्थानीय तहलाई यस बिषयमा जानकारि गराएका छौ र प्रदेश र संघ सरकारलाई पनि प्रस्ताव गरेका छौ । अहिले नै शव बहान आउने कुनै प्रतिक्रिया  आएको छैन् ।

मन्त्रालयमा विशेष (पत्राचार )माग गरेका छौ तत्काल  नै शब बहान आउने कुनै काटछाट छैन् , समस्या धेरै नै छ । उता स्थानिय तहहरु संग बुझ्दा रकम छुट्याएका छौ भन्छन् तर प्रकृियागत रुपले भने कुनै पनि स्थानीय तह सम्पर्क आएको छैन् । हामी  यसका लागि निरन्तर माग गरिरहेका छौ ।"   डडेल्धुरा अस्पतालले आफ्नो सेवा सुबिधामा बने बडोत्तरि गरेको छ । भौतिक संरचना बन्दै छन् दुरविन विधि बाट पाठेघरको अप्रेसन सेवा विस्तार गर्दै छ ।  यस बिषयमा डडेल्धुरा जिल्लाका जिल्ला समुन्व्य समिति प्रमुख गणेश भट्ट भने यसो भन्छन् , डडेल्धुरामा शव बहान नहुन दुखको कुरा हो । हामिले सबै स्थानिय तहलाई यसका लागि पहल गरका छौ  ।

यसको मागका लागि जिल्ला सभाबाट पास गरिसकेका छौ । नागरिक निजि गाडिको महङ्गो भाडा तिर्न बाध्य छन् तर सुबिधा भने न्यून हुन्छ । शव वहानका लागि निजि गाडि पनि पाउन असहज हुन्छ, यसका लागि डडेल्धुरा सातै स्थानिय तहहरु डडेल्धुरा अस्पताल र जोगबुडा अस्पतालले कदम अगाडि चाल्न जरुरि देखिन्छ  ।  डडेल्धुरा जिल्लाका सातै स्थानिय तहहरुले एम्बुलेन्स भने सुचारु गरेका छन् । ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्य क्षेत्रको पहुच बढाउनुका लागि सातै स्थानिय तहले यो सुविधा विस्तार गरेका हुन् तर स्थानिय नागरिकहरुले डडेल्धुरामा शव वहान नहुनुको पीडा भोगिरहनु परेको छ ।

यहाँका नागरिक चर्को भाडा  तिर्न बाध्य छन् तर सुबिधा न्यून छ, भनेको समयमा निजि गाडि पाईदैन । शव वहानका लागि डडेल्धुराका नागरिकले स्थानिय तह र डडेल्धुरा अस्पताल लाई भने पनि अहिलेसम्म व्यवस्थापन हुन् सकेको छैन् ।