डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ घाइते
2021/01/19, 4:50
 
a

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ५ जना घाईते भएका छन् । जिल्ला सदरमुकामबाट कुस्माली गाउँ जाँदै गरेको से १ त ३८१३ नम्बरको ट्याक्टर अमरगढी नगरपालिका–२ कुस्मालीमा दुर्घटना हुँदा सोही ठाउँका ३५ वर्षीय गणेशबहादुर ऐरको मृत्यु भएको हो ।

अमरगढी–२ का ३५ वर्षीय सरेश भट्ट, सोही ठाउँका ३२ वर्षीय तीर्थ केसी, ३५ वर्षीय सुरेश भट्ट, ५० वर्षीय दलबहादुर थापा र ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका –६ कञ्चपुरका ४० वर्षीय रामभरोसा राना घाईते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । उनका अनुसार घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।