
कञ्चनपुरमा २ जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका–३ का ३० वर्षीय लक्ष्मण दमाइको ससुराली गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले वेदकोट नगरपालिका–२ मा रहेका ससुराली घरको आगनमा लडिरहेको अवस्थामा भेटिएका दमाइको अस्पताल पु¥याउदा सम्म मृत्यु भएको बताए ।
त्यसै गरि पुनर्वास नगरपालिका ४ को घ गाउँमा रहेको महादुर्गा टाटा इँटा भट्टामा कार्यरत ७१ वर्षीय किसुन सरोज मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

राति सुतेका भारतको प्रतापगढ जिल्लाको नवहता ग्राम घर भएका सरोज बिहान मृत अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/03, 4:58
2024/04/03, 1:35
2021/08/06, 9:43
2022/05/11, 12:45