कैलालीमा थपिएका तीन जना संक्रमितको सेती प्रादेशिक अस्पतालमा उपचार हुदै
2020/06/01, 8:19

कैलालीमा थपिएका तीन जना संक्रमितको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । एक जनाको धनगढीमै उपचार भईरहेका वेला भजनी र टीकापुरका संक्रमितलाई पनि सेतीमा ल्याएर उपचार थालिएको हो ।

भजनी प्राथमिक स्वास्थ्य केन्द्र र टीकापुर अस्पतालको आईसोलेसनमा राखिएका दुवै जनाको उपचार भईरहेकोमा उनीहरुलाई धनगढी ल्याईएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । दुवैलाई एम्बुलेन्सबाट धनगढी ल्याएर अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ ।
भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा आईतबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै सेती अस्पतालको आईसोलेसनमा उपचाररत कोभिड–१९ का बिरामीको संख्या ९ पुगेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07