कैलालीमा खोलाले बगाउँदा खोला छेउमा पाल टाँगेर बसेका दुई जना मजदुर वेपत्ता
2020/06/01, 10:02
 
khola

कैलालीमा वर्षासँगै आएको बाढीले बगाउँदा दुई मजदुर वेपत्ता भएका छन । चुरे गाउँपालिका वडा नम्बर १ को पातले खोलामा गएराती वर्षासँगै आएको बाढीले बगाउँदा खोला छेउमा पाल टाँगेर बसेका मजदुर वेपत्ता भएका हुन् । सहजपुर–बोगटान सडकखण्डमा मजदुरी गर्दै आएका दुई मजदुर बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

वेपत्ता हुनेमा नदी छेउमा पाल टाँगेर बस्दै आएका कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ गुलरियाका ४५ वर्षीय कमल थापा र सोही ठाउँका २४ वर्षीय गोपाल विक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । प्रहरी नायब  उपरिक्षक बस्नेतले वेपत्ताहरुको खोजी कार्य जारी राखिएको बताए। उनीहरु दुवै जना सहजपुर–बोगटान सडक खण्डको मिलनपुरमा मजदुरी गर्दै आएका थिए ।

रातीदेखि परिरहेको अविरल वर्षा नरोकिदा खोजी कार्यमा समस्या भएको ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरिक्षक माधव विश्वकर्माले बताए । खोलाको वहाव उच्च भएकाले कठिनाई भईरहेको उनले बताए ।