
बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा पनि हेलिकोप्टरबाट घुम्न सकिने भएको छ । खप्तड होम स्टेको सहयोगमा आईतबारदेखि दिपायल– बडीमालिकासम्म ‘हेली टुर प्याकेज’को सुरु हुने भएको हो ।

नेपाल पर्यटन बोर्डका सिईओ डाक्टर धनन्जय रेग्मी र बोर्डका सदस्य कृष्ण महाराले ‘हेली टुर प्याकेज’ को शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
सो प्याकेज माघ २५ गतेसम्म संचालन हुने छ । गत माघ १४ गतेदेखि १८ गतेसम्म खप्तड हेलि टुर सकिएसँगै बडिमालिक टुर प्याकेज सुरु हुने खप्तड होम स्टेका संञ्चालक दिपक खड्काले बताए ।

बडीमालिका र खप्तडको पर्यटन प्रबद्धन गर्न माउन्टेन हेलिकेप्टरको समन्वय तथा खप्तड होम स्टेको सहयोगमा सो प्याकेज ल्याईएको हो । हेलिकेप्टरबाट दिपायल–बडीमालिका जान प्रति व्यक्ती २७ हजार ५ सय तोकिएको छ ।
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52