रोटरी क्लबद्धारा क्वारेन्टाईनमा बसेका महिला र बालबालिकाहरुलाई सामाग्री सहयोग
2020/06/01, 12:39
 
rotary

रोटरी क्लब अफ धनगढीले क्वारेन्टाईनमा बसेका महिला तथा बालबालिकाहरुलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । क्लबका महिला सदस्यहरुले क्वारेन्टाइनमा बसेका महिलाका लागि सेनिटरी प्याड, अन्डरवेयर, साबुन सेम्फु लगायतका सामाग्री बितरण गरेका छन ।

त्यस्तै बालबालिकाका लागी कलर, पेन्सिल, कपि, चकलेट लगायतका सामाग्री बितरण गरेको क्लबका सदस्य भगवती बडालले बताइन । त्यस्तै क्वारेन्टाइन बस्दाको अवस्थामा महिनावारी भए सरसफाइका उपाय बारे क्लबका सदस्य तथा स्वास्थ्यकर्मी सुनिता खत्रीले जानकारी गराएकी थिइन ।

1

क्लबका डाइरेक्टर डाक्टर प्रतिक्षा सिंह राठौरको नेतृत्वमा महिला सदस्यहरुले धनगढी स्थित बि पोलिेक्लिनिक ईन्स्टिच्युटको क्वारेन्टाईन रहेका महिला तथा बालबालिकाहरुलाई ती सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष हरिशंकर ठाकुरले बताए । सो ईन्स्टिच्युटमा निशुल्क रुपमा क्वारेन्टाइनका लागि उपलब्ध गराउने हिरा भण्डारीले क्लबले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गरिन ।

b