कैलालीको गौरीगंगा नगरपालिकामा १२ जना कोरोना संक्रमित, एकै क्वारेन्टाईनमा रहेका ८ जनामा पुष्टि 
2020/06/01, 5:29
 
korona

सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन । त्यसमा सवैभन्दा वढी कैलालीका रहेका छन । कैलालीमा १४ जना मध्ये १२ जना भने एउटै स्थानीय तहमा रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनीहरु गौरीगंगा नगरपालिकाका रहेका छन् । 

कैलालीका १४ संक्रमित मध्ये एक जना धनगढी उप–महानगरपालिका १२ जुगेडाका २५ बर्षीय पुरुष र अर्का बर्दगोरिया ७ का २७ बर्षीय पुरुष रहेका छन । बाँकी १२ जना भने गौरीगंगा नगरपालिकाका छन । गौरीगंगा वडा नम्वर ७ का ४७ बर्षीय पुरुष, २४ बर्षीय पुरुष, २१ बर्षीय पुरुष र २४ बर्षिय पुरुष रहेका छन । यस्तै गौरीगंगा २ को मालिका माविको क्वारेन्टिनमा रहेका १९ बर्षीय पुरुष, ३३ बर्षीय पुरुष, २८ बर्षीय पुरुष, ३५ बर्षीय पुरुष, २८ बर्षीय महिला, २७ बर्षीय महिला, ५ बर्षीय बालक, २२ बर्षीय महिलामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले  बताए ।

आज पुष्टि भएका कञ्चनपुरका संक्रमित भने शुक्लाफाँटा नगरपालिकाका ११ महिनाका बालक हुन भने डोटीका संक्रमित भने शिखर नगरपालिका ३ का २५ बर्षीय पुरुष हुन । यस्तै बैतडीका संक्रमित पाटन नगरपालिका ८ का ३५ बर्षीय पुरुष र अछामको चौरपाटी गाउँपालिका वडा नम्वर २ का ३३ बर्षीय पुरुष हुन ।