बैतडीमा भारतबाट आएर क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु, कोरोना परिक्षण गरिने
2020/06/02, 9:40

बैतडीमा भारतबाट आएर क्वारेन्टिनमा राखिएकी एक महिलाको मृत्यु भएको छ । पुचौडी नगरपालिका ४ भटना स्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ बर्षिय सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको नगरपालिकाका प्रवक्ता दले धामीले जानकारी दिए ।

मृतक लुहार मुटु रोगको बिरामी रहेको बताउँदै उनले स्वास्थ्यकर्मी सहितको टोली क्वारेन्टिनमा गएको जानकारी दिए । मृतक लुहार जेठ १६ गते गौरिफन्टा नाकाबाट स्वदेश फर्किएकी थिईन । मृतको लुहारको स्वाब संकलन गर्ने तयारी भईरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07