भजनीका आरडिटी पोजेटिभको गुनासो–‘४८ घण्टादेखि सौचालय जान दिदैनन् न त धारा छुन दिन्छन्’
2020/06/02, 11:17
 
korona

कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ का एक जना आरडिटी पोजेटिभ देखिएका पुरुषलाई धारा छुन र सौचालय जानबाट रोकिएको छ । ५० बर्षीय पुरुषलाई सौचालय जानबाट रोकिएको हो ।

उनलाई धारा समेत छुन दिईएको छैन । ‘खाना त दिईरहेका छन दिशा लाग्छ भनेर कम खाईरहेको छ । ट्वाईलेट जान दिन्नन् ।’ उनले भने– ‘ट्वाईलेट आयो भने कहाँ जाने, पिशाब लाग्यो भने त चौरमा फेर्दैछु ।’  

चौधरी जेठ ४ गते भारतबाट भजनीको गुलरिया घाटबाट घर फर्किएका हुन् । उनलाई जेठ ४ गतेदेखि जेठ १७ गतेसम्म क्वारेन्टाईनमा राखिएको थियो । जेठ १७ गते उनलाई घर पठाईएको थियो । राति घरमा वसेका उनलाई जेठ १८ गते विहान वोलाएर आरटिडी पोजेटिभ आएको भन्दै स्थानीय त्रिनेत्र वोर्डिङ स्कुलको एउटा कोठामा राखिएको छ ।

त्यहाँ उनलाई सौचालय जान र पानीको नल्का छुन दिईएको छैन् । उनलाई खाना दिईरहेको वडाध्यक्ष अमरवहादुर कठरियाले जानकारी दिए । आज उनको पिसिआर परिक्षणको तयारी भईरहेको वडाध्यक्ष कठरियाले बताए ।