एम्बुलेन्स नपाउँदा कञ्चनपुरको पुर्नवासका संक्रमितको क्वारेन्टाईनमा वास
2020/06/02, 11:56

मंगलबार थपिएका कञ्चनपुरको पुर्नवास नगरपालिकाका कोरोना संक्रमितलाई अस्पताल लैजान सकिएको छैन । अस्पतालसम्म लैजान एम्बुलेन्स नपाएपछि उनीहरुलाई क्वारेन्टाईनमै राखिएको हो ।

एम्बुलेन्स अभावमा संक्रमितलाई अस्पताल लैजान नसकिएपछि क्वारेन्टाईनमै राखिएको पुर्नवास नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव रामबहादु धामीले बताए । पुर्नवास नगरपालिकामा मंगलबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरु मध्ये एकजना स्वास्थ्यकर्मी भने आफै सेती अस्पताल आएको बुझिएको छ । अन्य २८ , ३०, ३३, ३५, र ५२ बर्षीय पुरुषलाई क्वारेन्टाइनमै राखिएको हो । उनीहरुलाई स्थानीय दीपशिखा मावि र गौरीशंकर माविको क्वारेन्टाईनमा राखिएको छ ।

उनीहरुलाई वुधवार मात्र महाकाली अस्पतालको आईसोलेसनमा भर्ना गरिने नगरपालिकाका सिनियर अहेब धामीले बताए ।
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07