कैलालीको अत्तरियामा सुविधा सम्पन्न पार्क निर्माण गरिने
2021/02/27, 11:47
 
parki

कैलालीको अत्तरियामा सुविधासम्पन्न पार्क निर्माण गरिने भएको छ । गोदावरी नगरपालिका–१ अत्तरियामा पार्क निर्माणका लागि ४ करोड ९४ लाख बजेट विनियोजन गरिएको छ । गोदावरी नगरपालिकाको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पार्क निर्माणका लागि बजेट विनियोजन गरेको हो ।

जसमा संघीय मन्त्रालयवाट ७० प्रतिशत अर्थात ३ करोड २२ लाख र गोदावरी नगरपालिकावाट ३० प्रतिशत अर्थात १ करोड ७२ लाख बजेट विनियोजन भएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए ।

पार्क निर्माणका लागि यसअघि नै विस्तुत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पर्यटन मन्त्रालयमा पेस गरेको बताउदै उनले मन्त्रालयले पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार निर्माणको कामलाई अघि बढाउन आवश्यक प्रक्रिया अघि बढाएको जानकारी दिए ।

पार्क निर्माण भए यस क्षेत्रको पर्यटन विकासमा मद्दत पुग्ने र आन्तरिक तथा बाह्य पर्यटनहरुलाई भित्राउन सकिने अपेक्षा गरिएको छ ।