बैतडीका कोरोना संक्रमित थुनुवाले १३ औं दिनमा कोरोना जितेका छन् । बैतडीका पहिलो कोरोना संक्रमित युवकले १३ औं दिनमा कोरोना जितेका हुन् । जेठ ९ गते कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिका २ का २२ बर्षीय युवकले १३ औँ दिनमा कोरोना जितेका हुन् ।
धनगढी प्रयोगशालामा बुधवार र मंगलवार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ देखाएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । कोरोना जित्ने युवक जिल्ला प्रहरी कार्यालयका थुनुवा हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक किसन चन्दले अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएकाले उनलाई कारागार चलान गरिएको बताए ।
योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना जित्नको सङख्या आठ पुगेको छ । ७ जनाले प्रदेशभित्रै जितेका हुन छ भने एक जना सुदूरपश्चिमकै संक्रमितले प्रदेश बाहिरको अस्पतालबाट कोरोना जितेका थिए । सुदूरपश्चिम प्रदेशका ७३ जना कोरोना संक्रमित मध्ये प्रदेशभित्र ७१ र दुई जना कर्णाली प्रदेशमा रहेका छन् ।