चिकित्सकमाथि कुटपिट गरेको भन्दै धनगढीमा विरोध (भिडियो सहित)
2020/06/03, 1:54
 
korona

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशले चिकित्सकमाथि कुटपिट भएको भन्दै विरोध प्रदर्शन गरेका छन । आज धनगढीमा विरोध प्रदर्शन गर्दै उनीहरुले महामारीको बेला जोखिम मोलेर अग्रपंक्तीमा रही विरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरेका छन ।

स्वास्थ्यकर्मीहरूको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्दै कार्यस्थलमा उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउन चिकित्सक संघ केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश शाखा अध्यक्ष डाक्टर प्रमोद जोशीले माग गरे । जेठ १४ गते नेपाल मेडिकल कलेजमा कार्यरत चिकित्सकमाथि कुटपिट भएको थियो ।

उनले कोरोना महामारीको बेला अग्रपंक्तीमा खटिने चिकित्सकको मनोबल उच्च राख्नु पर्ने बेला केही व्यक्तीका कारण समग्र स्वास्थ्यकर्मी माथि परेको नकारात्मक असरको लागि सम्पुर्ण चिकित्सकहरुले ऐब्युबद्धता जनाएका छन् ।