
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरिएको छ । लकडाउन प्रभावित नागरिकलाई राहत वितरण नगरे आसेपासेलाई दिएको भन्दै वडा कार्यालयमा ताला लगाइएको हो ।

पार्टी निकट र आसेपासेहरुलाई मात्र राहत दिएको उनीहरुको आरोप छ । वास्तविक लकडाउन प्रभावितलाई राहत नदिएको भन्दै उनीहरुले ताला लगाएका स्थानीय बिक्की ओझाले बताए । वडा अध्यक्ष नरेशबहादुर अधिकारीले राहत नपाएका, कम पाएका गुनासो गर्दै आएका नागरिकले वडा कार्यालयमा ताला लगाएको बताए ।
राजनीतिक दलहरुलाई राहत वितरणमा लागि सूची तयार गर्न भनेकोमा कोही छुटेकोले राहत वितरण गर्न नसकिएको उनले बताए । वडा नम्बर ८ को कार्यालयले दुई सय ५३ परिवारलाई राहत वितरण गरेको बताएको छ । पुनः प्रदेश सरकारले दिएको रकमबाट थप राहत समेत वितरण गरिएको वडा अध्यक्ष नरेशबहादुर अधिकारीले जानकारी दिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07