सुदूरपश्चिम प्रदेश फिजियोथेरापी संघ गठन, अध्यक्षमा डाक्टर पाण्डेय 
2021/03/23, 9:08
 
fijiyo

सुदूरपश्चिम प्रदेश फिजियोथेरापी संघ गठन भएको छ। संघको अध्यक्षमा डाक्टर युवराज पाण्डेय,  उपाध्यक्षमा अशोक रिमाल, सचिवमा सुरेन्द्रप्रशाद भट्ट, कोषाध्यक्षमा गणेससिहं भण्डारी सर्वसहमतीबाट चयन भएका छन्। यस्तै सदस्यहरूमा सुमन भट्ट पनेरु, सुरज लेखक, हरी सुवेदी, पुजा चन्द र नविन ढुङ्गाना चयन भएका हुन्। 

संघको वरिष्ठ सल्लाहकारमा अनिल तिवारी र आरती शर्मा रिमाललाई चयन गरिएको छ।  मङ्गलबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, स्वास्थ्य निर्देशक गुणराज अवस्थी, आयुर्वेद चिकित्सा शाखा प्रमुख डाक्टर चेतराज जोशीको उपस्थितिमा फिजियोथेरापी संघ गठन भएको हो।

सुदूरपश्चिम प्रदेश फिजियोथेरापी संघका पदाधीकारी तथा सदस्यहरूलाई खादा र प्रमाणपत्र प्रदान गरी सामाजिक विकास मन्त्री सुवेदी र स्वास्थ्य निर्देशक अवस्थीले सम्मान गरेका थिए। संघको अध्यक्षमा चयन भएका डाक्टर युवराज पाण्डेयले सुदूरपश्चिममा पहिलो पटक गठन भएको यस संघले फिजियोथेरापी क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले आ-आफ्नो पेशामा जिम्मेवार ढङ्गले काम गर्न सबैमा आग्रह गरे। त्यस्तै सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले स्वास्थ्य क्षेत्रको विकासका लागी फिजियोथेरापीको पनि महत्त्वपूर्ण भुमिका रहने भएकाले सबैको साथ अनिवार्य रहेको बताए। 

त्यसैगरी सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सा शाखा प्रमुख डाक्टर चेतराज जोशीले संगठित भएर समस्याको समाधान तिर लागी आफुभित्रका कमजोरी हटाई राम्रा कामको विकास गर्नुपर्नेमा जोड दिए।