कैलाली र कञ्चनपुरका १५ जना कोरोना संक्रमित महाकाली अस्पतालमा, आइसोलेसन सङ्क्रमितले भरिभराउ
2020/06/04, 7:42
 
korona

कञ्चनपुरको महाकाली अस्पतालले कोरोना भाइरस (कोभिड (१९) संक्रमित व्यक्तिको उपचार थालेको छ । बुधवार  महाकाली अस्पतालमा कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाका ७ जना र कञ्चनपुरका ८ जना कोरोना पोजेटिभ देखिएका १५ जनाको उपचार सुरु गरेको हो ।

यस्तै आरडिटि रिपोर्ट पोजेटिभ देखिएका १६ जना पनि अस्पतालमै रहेका छन । ३१ पोजेटिभ अस्पतालमा उपचाररत रहेका छन् । मङ्गलवार मात्रै कोरोना पुष्टि भएका शुक्लाफाटा नगरपालिकाका ११ महिने बालक समेत महाकालीमा उपचारत रहेको र बालकको अवस्था सामान्य भएको अस्पतालले जनाएको छ ।

महाकाली अस्पतालले संक्रमितको उपचारमा दिनको एक सिफ्ट मा ७ जना रहने गरी तीन सिफ्ट परिचालन हुने गरी २१ जना स्वास्थ्यकर्मीलाई उपचारमा खटाएको छ ।
यता अस्पतालले भने पुर्णरुपमा अहिले कोरोना अस्पताल तयार नभएको बताएको छ ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशीले कोरोना अस्पतालको तयारी पूर्ण रूपले हुन नसकेको बताए । अहिले अस्पतालमा संक्रमितका लागि ४० वेडको व्यवस्था गरिएको छ  । कोरोना अस्पताल पूर्ण तयार भएपछि ७६ वेड राखिने अस्पतालले जनाएको छ ।