
कैलालीमा दैनिक बिहान ११ बजेसम्म बजार व्यवसाय सञ्चालन हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच दैनिक बिहान ११ बजे सम्म सबै खालका व्यापार व्यवसाय सञ्चालन गर्ने मौखिक सहमति भएको हो ।

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले संघीय सरकारबाट लकडाउनमा व्यापार सञ्चालन गर्ने कुनै निर्देशन नआएकाले बिहान ११ बजे सम्म बजार पूर्ण रुपमा सञ्चालन गर्ने मौखिक सहमति भएको बताए ।
प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकाय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त बैठकले बिहान ११ बजे सम्म व्यवसाय सञ्चालन गर्ने सहमति गरेको उनले जानकारी दिए । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि मौखिक सहमती भएको बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07