डोटीमा एकै दिन दुई महिलाले क्वारेन्टाइनमा शिशुलाई जन्म दिएकी छिन्। दिपायल सिलगढी नगरपालिका २, खातिवडा स्थित देवी माविमा रहेको क्वारेन्टाइनमा रहेकी २१ वर्षीया गीता आउजी र शिखर नगरपालिका ३, छडिमाडौंस्थित भवानी आवि खन्याडीमा रहेको क्वारेन्टाइनमा रहेकी २५ वर्षीया पूजा सार्कीले शिशुलाई जन्म दिएकी हुन्।
दिपायल सिलगढी नगरपालिका २ खुल्लेखमा घर भएकी आउजीले बुधबार राती १ बजेर ४४ मिनेटमा छोरालाई जन्म दिएको वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।उता शिखर नगरपालिका ३ नकुराला घर भएकी सार्कीले बिहीबार बिहान ५ बजेर ३० मिनेटमा छोरा जन्माएको शिखर नगरपालिकाका स्वास्थ्य इकाइ इन्चार्ज हरिष शाहले जानकारी दिए ।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/05/02, 11:30
2020/12/12, 9:40
2022/08/13, 5:32